ad ad

समाज


अहिले देशकाे मौसम कस्तो छ? (तीन दिनको अनुमानसहित)

अहिले देशकाे मौसम कस्तो छ? (तीन दिनको अनुमानसहित)

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ०:३९,

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखााका अनुसार यतिबेला देशभरको मौसम सामान्यतया सफा छ तर तराईरपहाडका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान

पुस १० गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 राती :  प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 पुस११ गते (शनिबार)

दिउँसो : प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती :  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस१२ गते (आइतबार)

दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

राती :  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .