ad ad

समाज


दुर्घटनामा दुई युवाको मृत्यु

दुर्घटनामा दुई युवाको मृत्यु

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ०:३७,

सिरहाका छुट्टाछुटै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने लहान नगरपालिका–१ पडरियास्थितमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६७५ नम्बरको भाग्यरेखा ट्राभल्सको बसले सोही दिशामा जाँदै गरेको स१०प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ४ निवासी ३२ वर्षीय हिराबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते राईको लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रहरी निरीक्षक दानबहादुर म्रिङचिङले जानकारी दिए।

त्यसैगरी सिरहाको नरहा गाउँपालिका– ३ स्थित सडकमा उखु लोड गरेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय मो नइम खाँको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त ०७६८ नम्बरको ट्र्याक्टरले पूर्वबाट पश्चिम जाँदै गरेको ज११प २१७८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते खाँ लाई उपचारका लागि मिर्चैयास्थित मङ्गलम हेल्थ केयर सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .