ad ad

समाज


आफ्नी 'महान' श्रीमतीको फोटो नछापेको भन्दै ट्रम्प अमेरिकी पत्रिकासँग बने रुष्ट

आफ्नी 'महान' श्रीमतीको फोटो नछापेको भन्दै ट्रम्प अमेरिकी पत्रिकासँग बने रुष्ट

नेपालखबर
पुस १२, २०७७ आइतबार ८:२१,

आफ्नी ‘महान’ श्रीमती अमेरिकी फर्स्ट लेडी मलेनिया ट्रम्पको तस्बिरलाई पत्रिकाहरुले स्थान नदिएको भन्दै ट्रम्प ष्ट बनेका हुन्।

केहीबाहेक ट्रम्पले अमेरिकाका प्राय धेरै संचारमाध्यमलाई ‘फेक मिडिया’ झुठो तथा नक्कली संचारमाध्यम भएको बताउने गरेका छन्।

शुक्रबार ट्वीटरमा ट्रम्पले मलेनिया ट्रम्प हालसम्मकै उत्कृष्ट र महान फर्स्ट लेडी भएको दाबी गरे तर संचारमाध्यम तथा पत्रिकाले भने उनलाई प्राथमिकता नदिएको र उनको तस्बिर नछापेको बताए।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दुई कार्यकाल राष्ट्रपतिको पद सम्हालेका थिए। त्यसबेला फर्स्टलेडी मिसेल ओबामाको म्यागेजिनमा फुल कभर तस्बिर १२ पटक छापिएको थियो।

चर्चित म्यागेजिन भोगमा मिसेलेको कभर तस्बिर ३ पटक छापिएको थियो। तर यी म्यागेजिनहरुले मिसेललाई स्थान नदिएको ट्रम्पको भनाइ छ।

ट्रम्पको चारवर्षको कार्यकाल सकिँन लाग्दा मलेनियाको फोटो एकपटक पनि म्यागेजिनमा कभर नगरिएको एउटा ट्वीटलाई ट्रम्पले रिट्वीट गर्दै अमेरिकी संचारमाध्यमलाई फेरि एकपटक फेक मिडिया भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .