हाल देशका पहाडी भेगमा आंशिक बदली छ भने पश्चिमी तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी ठाउँमा भने मौसम सामान्यतया सफा छ।
आज राति प्रदेश न. १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ-
माघ १२ गते (सोमबार)
राती : प्रदेश न. १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ १३ गते (मंगलबार)
दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापाको सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १४ गते (बुधबार)
दिउँसो प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ।
राती : प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
प्रतिक्रिया