ad ad

समाज


छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ८:१७,

कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयमा कार्यरत ५३ वर्षीय शिक्षक मधुविलाश ढंगानालाई आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

बालिकाले शिक्षकविरुद्ध यौन दुर्व्यवहारको उजुरी दिएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले जानकारी दिए।

शिक्षक ढुंगाना अहिले प्रहरीको हिरासतमा छन्। फागुन ५ गते दिउँसो शिक्षकले विद्यालयमा आफूमाथि यौन दुर्व्यवहार गरेको बालिकाको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .