ad ad

समाज


हत्या अभियुक्त ६ वर्षपछि पक्राउ

हत्या अभियुक्त ६ वर्षपछि पक्राउ

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ९:३०,

विसं २०७१ सालमा साथीलाई ईंटा प्रहार गरी हत्या गरेर फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ काफ्लेटोल घर भई ललितपुरको कुमारीपाटी बस्ने ५४ वर्षीय भिमे सार्की रहेका छन्।

गत २०७१ साल चैत १ गते धोविखोलास्थित सिम्रिक पुलमुनी एक व्यक्तिको शव फेला परेकोमा सो शव दाङ जिल्लाको तुलसीपुर नगरपालिका–१० स्थायी घर भइ काठमाडौंको थापागाउँ बस्ने द्रोणबहादुर सेनको रहेको पुष्टि भएको थियो।

अनुसन्धानका क्रममा अभियुक्त भिमे सार्कीले मृतक सेनलाई ईंटाले टाउकोमा हानेर हत्या गरेको खुलेको थियो।

काठमाडौंमा लुकिछिपी बसेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सार्कीलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय वृत बानेश्वरमा पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .