ad ad

समाज


छात्रा कुट्ने प्रधानाध्यापक पक्राउपछि विद्यालयमा तनाव

छात्रा कुट्ने प्रधानाध्यापक पक्राउपछि विद्यालयमा तनाव

गोकुल जोशी
फागुन ११, २०७७ मंगलबार ६:१७,

विद्यार्थीमाथि कुटपिट गर्ने भीमदत्त नगरपालिका–९ मटेनाको बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्कसिंह बिष्ट पक्राउ परेका छन्।

सोमबार प्रधानाध्यापक बिष्टले खेल नखेलेको भन्दै कक्षा ९ मा अध्ययरत मनिषा नाथमाथि लाठी प्रहार गरेर घाइते बनाएका थिए। पीडितको उजुरीपछि अनुसन्धानका लागि प्रधानाध्यापकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले जानकारी दिए।

शिक्षकको कुटाइबाट घाइते भएकी छात्रा अहिले महाकाली अस्पतालमा उपचाररत छिन्। उनको टाउकोमा चोट लागेको छ।

प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएपछि मंगलबार विद्यालयमा अवस्था तनावग्रस्त बनेको छ। विद्यालयको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

विद्यालयको प्रवेशदरमा विद्यालय प्रशासनले लगाएकोे ताला विद्यार्थीले तोडेका छन्। ‘हामीले विद्यालय पुग्दा गेटमा ताला थियो। पढाइ सुचारु गर्न प्रशासन र कार्यालय सहयोगीलाई विद्यालय खोल्न भन्यौँ। उहाँहरुले चाबी नभएको भन्दै खोल्न मान्नुभएन’, एक विद्यार्थीले नेपालखबरसँग भने, ‘अहिले ताला फोडेर कक्षा लिन विद्यालयभित्र पुगेका छौँ। शिक्षकहरु पढाउनका मानिरहनुभएको छैन।

विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने विद्यार्थीहरुको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .