धनुषाबाट साढे २५ लाख रुपैयाँ रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरी बस्ने टेन्ट व्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
उनका अनुसार साढे २५ लाख रुपैयाँ लिएर भारत तर्फ जाँदै गर्दा विशेष सूचनाको आधारमा दुवै जनालाई जटही नाकाबाट पक्राउ गरिएको हो।
भारतीय नम्बरप्लेटको मोटरसाइकलमा गइरहेको बेला नगदसहित पक्राउ परेका दुवै जनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उपरीक्षक रानाभाटले जानकारी दिए।
प्रतिक्रिया