ad ad

समाज


पीडित महिलामाथि उल्टै पञ्चले गरे ५ हजार जरिवाना, अपमान सहन नसकेपछि गरिन् आत्महत्या

पीडित महिलामाथि उल्टै पञ्चले गरे ५ हजार जरिवाना, अपमान सहन नसकेपछि गरिन् आत्महत्या

शैलेन्द्र महतो
फागुन १५, २०७७ शनिबार ९:४९,

धनुषामा पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा एक महिलाले आत्महत्या गरेकी छन्।

धनुषाको औरही गाउँपालिका–२ देउरीकी रामजीवन यादवकी ३६ वर्षीया श्रीमती बिनितादेवी यादवले आत्महत्या गरेकी हुन्।

गएको बिहीबार दिउँसो गाउँकै ओसराबलाको खेतमा साग टिपेको विषयमा भएको विवादपछि पञ्चायतले कारबाही स्वरुप बिनितालगायत तीन जना महिलालाई जनही पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो।

शुक्रबार भएको पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि बिनिताले आफ्नो घरमा पुगेर पासो लगाएर आत्महत्या गरेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार खेतमा घाँस काट्दै गरेका उनीहरुलाई खेतधनी महिलाले साग चोरेको आरोप लगाएकी थिइएन्। त्यसपछि खेतधनीसहित अन्य महिलाहरुले सुमित्रा, बबिता र बिनितामाथि कुटपिट गरेका थिए।

पीडित बबितालगायत तीनै जनाले आफूहरुमाथि अन्याय भएको भन्दै पञ्चायत डाकेकी थिए। एक स्थानीयका अनुसार दउरीको थाननजिक वडा नं.२ का वडाध्यक्ष अमित यादवको अगुवाइमा शुक्रबार बिहान पञ्चायत बसेको थियो।

पञ्चायतले उल्टै तीनै महिलाले नै गल्ती गरेको भन्दै जनही ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। पञ्चायतले तत्कालै बबितालगायत तीनै महिलालाई जरिवाना रकम बुझाउन दबाब दियो। उनीहरुले उल्टै आफूहरुमाथि अन्याय भएकाले तत्कालै जरिवाना तिर्न नसक्ने, भोलि कतैबाट उपाय गरेर तिर्ने भनेका थिए। तर, उनीहरुमाथि झन् दबाब दिन वडाध्यक्ष यादवले प्रहरी बोलाएर समात्न लगाउने धम्काएका थिए।

समाजका भद्रभलादमीले भनसुन गर्दा महिलाहरुले शनिबार नै जरिवाना तिर्ने सर्तमा दिउँसो ११ बजे त्यहाँबाट घर गएकी थिइन्।

न्याय पाउनुपर्नेमा आफूहरुमाथि झन् अन्यास भएको, समाजमा अपमान भएको र पैसासमेत नभएका कारण बबिताले तत्कालै घरमा झुण्डिएर आत्महत्या गरेको एक स्थानीयले बताए।

स्थानीयका अनुसार घाँस काट्न गएको बेला साग टिपेको विषयमा खेतधनी लगायतले बबिता लगायत तीनैजना महिलालाई बाँधेर समेत कुटपिट गरेका थिए।

यता वडाअध्यक्ष यादवले पञ्चायतले यस प्रकारको दण्ड सजाय कसैलाई पनि नगरेको दावी गरेका छन्। दुई टोलको विवाद भएकाले मात्र मेलमिलाप गराइदिएको र महिला घरमा पुगेपछि आत्महत्या गरेको उनले बताएका छन्।

‘पञ्चायतले कसैलाई पनि एक सुका दण्ड जरिवाना गरेको छैन। मेलमिलाप मात्र गराइदिएको हो’, वडाध्यक्ष यादवले नेपालखबरसँग भने, ‘पछि ती महिला घरमा पुगेर आत्महत्या गरेका हुन्।’

यता औरही गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादवले मृतक महिलामाथि अन्यायमाथि थप अन्याय र अपमान गरेकोले सहन नसकेर आत्महत्या गरेको बताएका छन्। मृतक महिलाको श्रीमान् विदेशमा छन्। उनको दुई छोराछोरी छन्।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले के कारणले आत्महत्या गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .