ad ad

समाज


नख्खुमा जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि कोटेश्वर क्याम्पसका विद्यार्थी सडकमा

नख्खुमा जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि कोटेश्वर क्याम्पसका विद्यार्थी सडकमा

नेपालखबर
फागुन १९, २०७७ बुधबार ४:११,

ललितपुरको नख्खुमा आज (बुधबार) बिहान जिपले ठक्करबाट सहपाठी अञ्जु दाहालको मृत्युभएपछि कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थी विरोधमा उत्रिएका छन्।

क्याम्पस जाँदै गर्दा बुधबार बिहान पौने ६ बजे ललितपुरका नख्खुमा स १ ज ५६७ नम्बरको जिपले ठक्कर दिँदा १९ वर्षीया अञ्जुको मृत्यु भएको हो।

घटनापछि कोटेश्वर क्याम्पसका विद्यार्थी ललितपुर आएर सहपाठी दाहालको न्यायको माग गर्दैै जावलाखेल चोकमा सडकै छेकेर विरोधमा उत्रिएका हुन्।

ललितपुर प्रहरीका अनुसार बुधबार बिहान १० बजेदेखि जावलाखेलमा सवारी आवागमन अवरुद्ध भएको छ। खुलाउन विद्यार्थीसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरामा बस्ने गरेकी अञ्जु दाहाल कोटेश्वरको मल्टिपल क्याम्पसमा बीएड प्रथम वर्षमा पढ्थिन्।

जिपको ठक्करबाट गम्भीर घाइते दाहालको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।

सडक पार गर्ने क्रममा उनलाई जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। घटनापछि जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ।

koteshwarstudent

koteshwarstudent2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .