ad ad

समाज


सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा डाक्टर पक्राउ

सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा डाक्टर पक्राउ

नेपालखबर
साउन २५, २०७६ शनिबार ११:४९,

इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा. सुनिलदेव रहेका छन्। प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा. तिलकचन्द्र साहलाई सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरिएको हो।

फक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए।

उनले भने, ‘रेडियोलोजिष्ट देवले दश वर्षअघि डा. साहलाई सिटिस्क्यान मेसिन बिक्री गरेको र लेनदेनमा समस्या रहेछ, डा साहको उजूरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका हौं।’ पक्राउ परेका देव अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन्।

सिटी स्क्यानको मूल्य झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ। डा. साहले देवको सहयोगमा भारतको एक अस्पतालबाट रु ५० लाखमा मेसिन खरिद गरेको बताइन्छ। रेडियोलोजिष्ट देवले खरिद गर्न सहयोग गरेर ल्याएको सिटीस्क्यान मेसिन अहिले डा साहसँग नै रहेको बताइएको छ। तर, डा. देवले अहिलेसम्म पनि आफूलाई सिटिस्क्यान मेसिन नदिएको डा. साहले आरोप लगाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .