ad ad

राजनीति


छैठौं दिन कर्फ्यू जारी रहँदा कस्मिरको अवस्था कस्तो छ?

छैठौं दिन कर्फ्यू जारी रहँदा कस्मिरको अवस्था कस्तो छ?

नेपालखबर
साउन २५, २०७६ शनिबार १२:०,

यस निर्णयबाट रुष्ट बनेका कस्मिरीबाट हुने हिंस्रक प्रदर्शन मध्यनजर गर्दै सरकारले त्यहाँ सुरुवातदेखि कर्फ्यू लगाएको छ। आज छैठौं दिनसमेत त्यहाँ कफ्र्यू जारी रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

केही स्थानको कर्फ्यू भने खुलाइएको बताइएको छ। तर कर्फ्यू पुरा रुपमा कहिले हट्छ त्यसको कुनै जानकारी छैन।

यहाँ यतिबेला विद्यालय, कलेज र शिक्षण सस्थान बन्द छ। केही दिनमै अवस्था सामान्य बन्ने अनुमान गरिएको छ।

श्रीनगरस्थित बीबीसी संवाददाता आमिर पीरजादले बिहीबार र शुक्रबार अस्पतालको अवस्था निरीक्षण गरेका थिए। उनले त्यहाँ प्लास्टिकका गोली लागेको र अश्रु ग्याँसबाट घाइते भएका मानिस अस्पतालमा भर्ना भएको देखे।

अन्तर्राष्ट्रिय संचारमाध्यम जस्तै अल्जाजिरा, न्युयोर्क टाइम्स, सीएनएनले समेत जम्मु कस्मिरका जनताले कर्फ्यू अवज्ञा गर्दै सेना र पुलिसविरुद्ध प्रदर्शन गरेको दाबी गरेका छन्।

तर भारतीय संचार माध्यमले जम्मु कस्मिरमा कुनै प्रदर्शन नभएको दाबी गर्दै आएको छ। अज्लाजिराले आफूसँग प्रदर्शनको भिडियो नै भएको बताएको छ।

तर शुक्रबार बीबीसी संवाददाता त्यहाँ पुग्दा प्रदर्शनमा घाइते भएका मानिसहरु भेटिएका थिए।

कास्मिरको विशेषाधिकार हटाएपछि प्रदर्शन हुँदा त्यहाँ सेनाको गोली लागेर शुक्रबारसम्म ३ जनाको मृत्यु भएको र ३० भन्दाबढी घाइते भएको खबर पाइएको बीबीसी संवाददाता आमिर पीरजाद बताउँछन्।

यद्यपी यो तथ्यलाई भारत सरकारले स्वीकार गरेको छैन। भारतीय संचारमाध्यमले पनि यो विषय उठाएको छैन।

पाकिस्तानले भारतको यस कार्यलाई त्यहाँको मुसलमान विस्थापन गर्ने योजनाको रुपमा हेरेको छ। यस्तै विभिन्न आतंकवादी संस्थाहरुले जम्मु कस्मिरका नागरिकलाई आफ्ना संस्थामा आवद्ध भएर सेनाविरद्ध लड्न आग्रह गरेका छन्।

केही जिहादी गठबन्धने भारत र पाकिस्तानबाट नै कस्मिर अलग हुनुपर्ने बताइरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .