ad ad

समाज


झा दम्पती खोज्न महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा ‘सर्च’

झा दम्पती खोज्न महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा ‘सर्च’

शैलेन्द्र महतो
फागुन २२, २०७७ शनिबार ४:१२,

महोत्तरीमा १२ दिनअघि घरको ओछ्यानबाटै बेपत्ता झा दम्पती फेला पार्न प्रहरीलाई निकै मुस्किल परिरहेको छ।

तीव्र रूपमा खोजी गरिरहे पनि प्रहरीले पिपरा गाउँपालिका–५, सहोर्वा गाउँका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी गीतादेवी झाको अवस्था अझै पत्ता लगाउन नसकेको हो।

यही फागुन १४ गते एक पोखरीमा दम्पतीले प्रयोग गर्ने दुइटा झुल बरामद गरेको प्रहरीले न उनीहरूलाई मारेर पोखरीमै पो फालिएको छ कि भन्ने आशंकाले महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा समेत ‘सर्च’ गरेको छ।

पोखरीमा जाल हान्नाका साथै बोटबाट समेत खोजी गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले बताए।

उनीहरूको खोजी क्रममा २५ जनाभन्दा बढीसँग सोधपुछ गरिसकिएको उनले जानकारी दिए। 

‘घटनाको विभिन्न कोणबाट अनुसन्धन गरिरहेका छौं। अहिलेसम्म घटनामा उल्लेख्य कुनै क्लु भेटिसकेको छैन,’ डिआईजी सिंहले नेपालखबरसँग भने ‘दम्पतीको अवस्था हालसम्म अज्ञात छ। जिउँदो वा मृत कुन अवस्थामा छन् भन्ने कुरातर्फ अनुसन्धान केन्द्रित भएको छ। अहिलेसम्म २५/२६ जनासँग सोधपुछ गरिसकेका छौं। चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गररहेका छौं।’

उनका अनुसार बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको हो।

गीताको ओछ्याननजिकै र उनको घरदेखि झन्डै १५ मिटर परसम्म रगतका छिटा देखिएका थिए। दुवै रगतका नमुना परीक्षणका लागि काठमाडौं लागिएको छ। रिपोर्ट आउन बाँकी रहेको डीआइजी सिंहले बताए। रगतका छिटा र पोखरीमा भेटिएको दम्पतीले प्रयोग गर्ने झुलले घटना झनै रहस्यमय बनाएको छ।

दम्पतीको हत्या नै भएको प्रहरीको अनुमान छ। झा मालपोतका पूर्व कर्मचारी हुन्। बेपत्ता हुनुअघि उनी जग्गासम्बन्धी विवादमा साक्षी बसेको थिए भने उनको जग्गा लिएका एक स्थानीयसँग विवाद भएको थियो।
सोही रिसइबी साँध्न दम्पतीको बेपत्ता पारिएको हुन सक्ने प्रहरीको आकलन छ।

पक्राउ परेका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको छ। जसमा पक्राउ परेका हरेन्द्र र रामबाबुले कतिपय कुरा झुट बोलेको पाइएको डीआईजी सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .