भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका एक कर्मचारी २४ हजार घुससहित रंगेहात पक्राउ परेका छन्।
बिहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई २४ हजार नगद घुससहित पक्राउ गरेको हो।
मालपोत कार्यालय नजिककैको एक होटलमा सेवाग्राहीबाट लिएको २४ हजार घुस रकमसहित कर्मचारीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए।
अंशबण्डा र जग्गाको हाल साविक गर्नमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत अधिकृत जोशी अख्तियारको फन्दामा परेका हुन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया