ad ad

समाज


काठमाडौंसहित केही जिल्लामा देखिएको बर्ड फ्लु नियन्त्रणमा

काठमाडौंसहित केही जिल्लामा देखिएको बर्ड फ्लु नियन्त्रणमा

नेपालखबर
चैत १६, २०७७ सोमबार १३:२१,

पशु सेवा विभागले काठमाडौं, सुर्खेत र जाजरकोटलगायत देशका केही स्थानमा देखिएको बर्ड फ्यु नियन्त्रणमा आएको जनाएको छ।

रोगको निगरानीका क्रममा देशका विभिन्न स्थानबाट नमुना संकलन गरी तत्काल परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइएको छ।

सोमबार विभागद्वारा जारी विज्ञप्तिमा यसक्रममा ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको उल्लेख छ। साथै रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको छ।

विभागले पशुपन्छि पाल्ने स्थानलाई नियमित निसंक्रमण गर्न, पशुपन्छिलाई जंगली जनावरको सम्पर्कमा आउन नदिन खुलारुपमा नछोड्न, ओसार पसार गर्दा स्वास्थ्य परीक्षण गर्न तथा पशुपन्छि अस्वाभाविक रुपमा मरे वा बिरामी परे तुरुन्त नजिकको पशु सेवा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

pashu-sewa.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .