कोरोनाले अमेरिका र ब्राजिलपछि विश्वमै तेस्रो प्रभावित राष्ट्र भारतमा गएको २४ घण्टामा ७२ हजार ३३० नयाँ कोरोना संक्रमित थपिएका हुन्।
सोही अवधिमा त्यहाँ ४५९ को मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ।
भारतमा लगातार चार–पाँच दिनयता ६० हजारभन्दा बढी संक्रमित थपिने क्रम जारी छ।
पछिल्लो तथ्यांकलाई हेर्दा भारतमा तीव्र गतिमा अन्य देशमाभन्दा बढी कोरोनाको संक्रमण बढिरहेका हुन्।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड २२ लाखभन्दा बढी पुगेको छ।
यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६२ हजार पुगिसकेको छ।
3
Shares
प्रतिक्रिया