ad ad

समाज


ट्रयाक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

ट्रयाक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

नेपालखबर
चैत २९, २०७७ आइतबार १६:३०,

राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो।

घाइतेको उद्धार गरी अस्पताल ल्याइएकामध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिए।

घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ। मृतकको थप विवरण आउन बाँकी रहेको थापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .