ad ad

समाज


आज पनि हावाहुरीको सम्भावना, मौसमविद्ले जारी गरे २४ घण्टे चेतावनी

आज पनि हावाहुरीको सम्भावना, मौसमविद्ले जारी गरे २४ घण्टे चेतावनी

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ४:२०,

केही दिनयता प्रि-मनसुन (वर्षा लाग्नुअघिको सिजन) सक्रिय भएकाले दिनदिनै हावाहुरी, चट्याङसहित हल्का वर्षा हुने क्रम जारी छ।

मौसमविद्का अनुसार आज पनि अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि पहाडी भेगकै एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशको पहाडी भूभागका थोरै स्थानमा अपराह्नतिर मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .