ad ad

समाज


भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए, पछिल्लो ३ दिनमा मात्र ७५ सय जनाको मृत्यु

भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए, पछिल्लो ३ दिनमा मात्र  ७५ सय जनाको मृत्यु

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ३:४३,

भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे ३ लाख कोरोना–संक्रमित थपिएका छन्।

भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको थिएन।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ६ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै यस अवधिमा २ हजार ७ सय ६० संक्रमितको मृत्यु भएको छ।

पछिल्लो ३ दिनमा मात्र भारतमा कोरोना संक्रमणका कारण ७ हजार ५ सय जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो २४ घण्टामा थपिएकासमेत भारतमा कोरोनाको संक्रमणमा पर्ने व्यक्तिको कूल संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको छ भने सोही कारण मृत्यु भएकाको संख्या १ लाख ९२ हजार १ सय ९९ पुगेको छ।

भारतमा नयाँ भेरिएन्टसँगै कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ।

यो पनि : भारतले के गल्ती गर्‍यो र अहिलेको भयावह स्थिति आयो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .