ad ad

समाज


भारतबाट यसरी भित्रिरहेको छ कोरोना

भारतबाट यसरी भित्रिरहेको छ कोरोना

गोकुल जोशी
बैशाख १९, २०७८ आइतबार ५:२४,

भारतमा कोरोना संक्रमणको दोस्रो लहर भयावह बन्दै गएपछि त्यहाँ रहेका नेपाली पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किने क्रम बढ्दो छ।

त्यसरी फर्किनेमा धेरैजसो व्यक्ति संक्रमित पाइएका छन्। तर गड्डाचौकी नाकामा निगरानी फितलो देखिएको छ। जसले गर्दा संक्रमण फैलिने क्रम दिनप्रतिदिन बढिरहेको छ। गड्डाचौकी नाका भएर दैनिक ७/८ सय मानिस नेपाल भित्रिने गरेका छन्।

gaddachauki2

भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षणका लागि नाकामा हेल्थ डेस्क स्थापना त गरिएको छ, तर पर्याप्त स्वास्थ्यकर्मी छैनन्। दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य परीक्षणमा समस्या भइरहेको हेल्थ डेस्कका प्रमुख (हेल्थ असिस्टेन्ट) आकाश बारुडीले बताए।

उनका अनुसार हेल्थ डेस्कमा १२ स्वास्थ्यकर्मीको दरबन्दी छ, तर अहिले ८ जना मात्रै छन्। हेल्थ डेस्कमा एक/एक जना मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन र हेल्थ असिस्टेन्ट, २ जना ल्याब असिस्टेन्ट, ५ जना अनमी र एक जना कार्यालय सहयोगीको दरबन्दी छ। तर हाल हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट र अनमी मात्रै छन्।

gaddachauki3

‘भारतको कोरोना प्रभावित ठाउँबाट फर्किनेहरूको दैनिक ठूलो भीड लाग्छ। हामीसँग जनशक्ति अपुग छ। दरबन्दीअनुसार जनशक्ति नहुँदा स्वास्थ्य परीक्षणमा समस्या हुने गरेको छ,’ हेल्थ डेस्कका प्रमुख बारुडीले भने, ‘त्यसमा स्वास्थ्य परीक्षणका लागि किट पनि अभाव हुन्छ। माग गरेअनुसार किट पाइँदैन।’

केही दिनयता भारतबाट आउने कञ्चनपुरका नागरिकको मात्रै एन्टिजेन परीक्षण गर्ने गरिएको उनी बताउँछन्।

‘भारतका विभिन्न ठाउँबाट नागरिक आउने गर्छन्। हामीले आफ्नो ज्यानको बाजी थापेर चेकजाँचका लागि जानुपरेको छ,’ उनले भने, ‘त्रिपाल बिछ्याएर बनाइएको अस्थायी टहरामा बस्नुपरेको छ। शौचालय एउटै हुनाले एन्टिजेन पोजिटिभ आएकाहरू र आफूहरूले पनि एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ।’

भारतबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्दा मास्क मात्रै लगाएर उनीहरूमाझ जानुपरेको ल्याब असिस्टेन्ट गणेश दत्त भट्टले बताए।

‘पीपीई सेट विभिन्न संस्थाले प्रदान गरेका छन्, तर हाम्रो शरीरमा ठ्याक्क मिल्ने खालका छैनन्,’ उनले भने, ‘कोही ठूलो र कोही सानो हुनाले लगाउन नमिल्ने भएका छन्।’

gaddachauki4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .