मकवानपुरमा राप्ती नदीको बाढीले सतर्कता तह पार गरिसकेको तथा बढ्ने क्रममा रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
महाशाखाको ट्विटर ह्यान्डल नेपाल बाढी सूचनामा भनिएको छ, ‘मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपास हुनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुहोला।’
प्रतिक्रिया