ad ad

समाज


कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ७:१८,

 काठमाडौँको कलंकीमा १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 बुधबार दिउँसोको दैलेख घर भएकी एक १७ वर्षीया किशोरीमाथि कलंकीस्थित पशुपति गेस्ट हाउसमा सामूहिक बलात्कार भएको थियो।

काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने धादिङ गजुरी गाउँपालिका–१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठ, र ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले ती किशोरीलाई उक्त गेस्ट हाउसमा लगी सामूहिक बलात्कार गरेका थिए।

 बलात्कारको सूचना पाउनासाथ पुगेको महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको छ भने थापामगर फरार रहेको प्रहरीले जनाउको छ।

प्रहरीले फरार रहेका थापामगरको खोजी गर्नुका साथै घटनाका सम्बनधमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .