ad ad

समाज


काठमाडौँको बौद्धबाट ८३ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ

काठमाडौँको बौद्धबाट ८३ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ६:४३,

प्रहरीले काठमाडौँको बौद्धबाट ८३ किलो रक्तचन्दन र १ सय ५० ग्राम यार्सागुम्बासहित २ जनालाई पक्राउ गरेको छ।

बुधबार साँझ बौद्धको रामहिटी चारघरेबाट सो परिणामको रक्तचन्द र यार्सागुम्बासहित दनुई जनालाई पक्राउ गरेको हो।

 पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङ रहेका छन्। पक्राउ परेका दुवैलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय बुझाइएको छ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नरेन्द्र चन्दले रक्तचन्दन र यार्सागुम्बा बरामद गरेको पुष्टि गरे। उनले बुधबार साँझ घरमा स्टोर गरेको अबस्थामा सो परिणामको रक्तचन्दन र यार्सागुम्बा बरामद गरेको बताए। ‘वनको अधिकार क्षेत्र भएकाले हामीले त्यतै पठाइसक्यो, नयाँ काठ हो कसरी काठमाडौं भित्रियो अनुसन्धान होला’, नेपालखबरसँग कुरा गर्दै डीएसपी चन्दले भने।

उनले बरामद गरिएको रक्तचन्दनका मालिक को हुन भन्ने बारेमा खोजी भइरहेको बताए।

भुकम्पपछि तातोपानी नाका बन्द भएको र नाकाबन्द भएसँगै रक्तचन्दनको पनि कारोबार सेलाएको थियो। पछिल्लो समय तातोपानी नाका सञ्चालनमा आएसँगै रक्तचन्दनको कारोबार सुरु भएको प्रहरीको दावी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .