ad ad

समाज


१४ वर्षे किशाेरले गरे परिवारका पाँच जनाकाे हत्या

१४ वर्षे किशाेरले गरे परिवारका पाँच जनाकाे हत्या

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १२:४४,

अमेरिकाको अलाबामा राज्यमा एक किशोरले आफ्नो परिवारका पाँच जनाको गोली हानी हत्या गरेको छ।

ती किशोरले आपत्कालिन सेवालाई ९११ मा फोन गरेर आफ्नो घरमा गोली चलेको आवाज सुनेको खबर गरेका थिए। उनको सूचनाअनुसार प्रहरी घरमा पुगेपछि १४ वर्षे किशोरले परिवारका पाँच जनाको हत्या गरेको स्वीकार गरेका थिए।

लाइमस्टोन काउन्टीका प्रहरी प्रवक्ताले अमेरिकी समयअनुसार मंगलबार बिहान सो घटना भएको बताएका छन्। शुरुमा ती किशोरले आफू तल्लो तल्लामा रहेको समयमा घरको माथिल्लो तल्लामा गोली चलेको सुनेको बताएका थिए। प्रहरीहरुले एक घटनास्थलमा दुई नाबालक र एक बयस्क मृत भेटिए जनाएको छ। एक बयस्क र अर्को नावालकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीले ती किशोरले आफ्नो पिता, सौतेनी आमा, भाइबहिनीलाई हत्या गरेको जनाएको छ। ती किशोरले के कारणले सो हत्याकाण्ड गर्‍यो भन्ने खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .