ad ad

खेल


सर्वोच्चको आदेशसँगै ओलम्पिक कमिटिको चुनाव अन्योलमा

सर्वोच्चको आदेशसँगै ओलम्पिक कमिटिको चुनाव अन्योलमा

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १२:४०,

सर्वोच्च अदालतले भदौ २० गते तय भएको चुनाव अगाडि नबढाउन अन्तरिम आदेश दिएपछि ओलम्पिक कमिटिको चुनाव अन्योलमा परेको हो।

ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर भएको रिटमा मंगलबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

‘रिट निवेदनको गाम्भिर्यता हेर्दा दुवै पक्ष राखेर छलफल गरी उचित निकासमा पुग्नु मनासिव देखिएकाले भदौ २२ गतेको पेशी तोकिएको छ,’ न्यायाधीश मोक्तानको आदेशमा उल्लेख छ। त्यसबेलासम्म ओलम्पिक कमिटिलाई निर्वाचन सम्बन्धि कार्य अघि नबढाउन तथा यथास्थितिमा राख्न निर्देशन दिइएको छ। 

राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटिका सदस्य चित्रकारले सरोकारवाला १२ जना व्यक्ति तथा संस्थालाई विपक्षी बनाउँदै आइतबार मुद्दा दायर गरेका थिए।

आगामी भदौ २० गते हुने ओलम्पिक कमिटि(एनओसी)को चुनावका लागि यसअघी नै मतदान प्राप्त २७ सदस्यमध्ये २६ जनाले कार्यसमितिका लागि उम्मेदवारी दिइसकेका छन्।

पूर्व अध्यक्ष ध्रुबबहादुर प्रधानबाहेक सम्पूर्णले मताधिकार प्राप्त प्रतिनिधिले उम्मेदवारी दिएका हुन्।

ओलम्पिक कमिटिको अध्यक्षमा फेरि यसपटक अघिल्लो कार्यकालमा नेतृत्वका लागि लडेका वर्तमान अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ र नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ भिड्ने भएका छन्।

यस्तै महासचिवमा वर्तमान उपाध्यक्ष तथा व्यवसायी पुरेन्द्रविक्रम लाखे र सदस्य निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन्। लाखे उमेशलाल र श्रेष्ठले जीवनरामको प्यानलबाट महासचिवको उम्मेदवार बनेका हुन्। अघिल्लो चुनावमा जीवनरामले उमेशलाई अध्यक्षमा पराजित गरेका थिए 

 jeevan d umes 1

पाँच उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ। जसमा लन टेनिसका ज्योति राणा, सुटिङका पुष्पदास श्रेष्ठ, पौडीका अशोकमान बज्राचार्य, ह्यान्डबलका तेज गुरुङ, टेबल टेनिसका चतुरानन्द राज वैद्य, फेन्सिङका सुनिल श्रेष्ठ, र्याफटिङ एन्ड क्यानोइङका राजीव श्रेष्ठ र कुस्तीका प्रतिनिधि तथा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी छन्।

यस्तै ३ सचिवका लागि ४ जनाको उम्मेदवारी परेको छ। जसमा संघिय सांसद तथा तुल्सी थापा(बामदेव गौतमकी श्रीमती), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव केशवकुमार विष्ट, जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ उम्मेदवार छन्।

कोषाध्यक्ष र उप–महासचिवमा भने एक एक जनाको मात्रै उम्मेदवारी परेपछि दुबै निर्विरोध भएका छन्। वर्तमान कोषाध्यक्ष रतन तण्डनले फेरि सोही पदमा निर्विरोध भए भने राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना पनि उप महासचिवमा निर्विरोध भए।

यस्तै ७ सदस्यका लागि उम्मेदवारी दिने ८ जनामा नेपाल गल्फ संघका टासी घले, फुटबलका दीर्घबहादुर केसी, आर्चरीका रमेशप्रसाद शिवाकोटी, भलिबल संघका मनोरञ्जन रमण शर्मा, तेक्वान्दो प्रकाश शम्सेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, बक्सिङका राम अवाले, बास्केटबलका होमबहादुर दोङ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .