ad ad

समाज


तीन भवनको एकसाथ शिलन्यास गर्दै महानिरीक्षक खनालले भनेः नेपाललाई अपराधको केन्द्र बन्न दिँदैनौँ

तीन भवनको एकसाथ शिलन्यास गर्दै महानिरीक्षक खनालले भनेः नेपाललाई अपराधको केन्द्र बन्न दिँदैनौँ

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ८:१४,

नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाण्डौ र बहुउद्देश्यीय भवनको एक साथ शिलन्यास गरेको छ।

मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकूमा महानगरीय अपराध महाशाखा, भद्रकालीमा महानगरीय प्रहरी परिसर काठमाडौँ र नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवन निमार्णको शिलन्यास गरेका हुन्।

२०७२ सालको महाभुकम्पले हनुमानढोकास्थित महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि प्रहरीले कहिले त्रिपालमुनि त कहिले टेकुमा रहेर सेवा प्रदान गर्दे आएको थियो। अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो।

तीनवटै स्थानमा भवन निर्माणको शिलन्यासपछि नेपाल पुलिस क्लवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रहरी महानिरीक्षक खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी अक्षरस पालना गर्न मातहतलाई निर्देशन दिए। जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको उल्लेख गर्दे उनले सरकारको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्दै पारदर्शिता र सुशासन कायम गर्ने सवालमा अहोरात्र खटिनुपर्नेमा पनि सचेत गराए।

प्रहरीको कामकारवबाही पारदर्शी बन्न नसक्दा प्रहरीमाथि नै जनताको भरोसा र विश्वास टुट्ने भएकाले आफ्नो जिम्मेवारीमा सधै सचेत र सजग हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ईं.लोकेश चन्द्र सिंहले तीनवटै भवनहरु अत्याधुनिक सुविधासम्पन्न बनाईनुको साथै २ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।

टेकुमा ९ रोपनी क्षेत्रफलमा बनाउन बनाउन लागिएको महानगरीय अपराध महाशाखाको भवन ७५ हजार स्क्वायरफिटको हुने छ भने भद्रकालीमा निर्माण गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँको भवन १२ रोपनी क्षेत्रफलमा १ लाख ७२ हजार स्क्वायर फिटको हुने प्रहरी नायव महानिरीक्षक सिंहले जानकारी दिए।

त्यसैगरी नेपाल पुलिसको बहुउद्देश्यीय भवन ७ सय ५० जनाको क्षमताको हलसहित विभिन्न कन्फरेन्स हलहरु समेत रहने छन्। सबै भवनहरु भुकम्पप्रतिरोधी हुनुको साथै वातावरण मैत्री हुनेछन् भने विषयगत निकायहरुका भिन्ना भिन्नै चेम्बर पनि बनाईने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .