ad ad

राजनीति


नेकपा जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममै झडप, कार्यकर्ताको टाउको फुट्यो

नेकपा जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममै झडप, कार्यकर्ताको टाउको फुट्यो

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ८:३२,

विवादबीच दुई जिल्ला कमिटीको शपथग्रहण एकै ठाउँमा गराउन खोज्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा झडप भएको छ।

मंगलबार महोत्तरीको बर्दिबासस्थित बर्दिवास सेवा सदनको भवनमा सप्तरी र सिराहा जिल्ला कमिटीको शपथग्रहण गराउने क्रममा झडप भएको हो।

केन्द्रीय सर्कुलर अनुसार नगरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले शपथग्रहण स्थगित गर्न अवरुद्ध पारेको थिए। असन्तुष्ट पक्षले प्रदेश कमिटीमा अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपात समेत गरेको एक प्रत्यक्षदर्शीले बताए। त्यसपछि प्रहरीले कार्यकर्तामाथि लाठी प्रहार गरेको थियो।

झडपका क्रममा सिराहाका प्रदेश कमिटीका सदस्य देवनाथ यादवको टाउको टुफेको छ। उनको टाउकोमा आठ वटा टाँका लगाइएको छ। सप्तरीमा पूर्व एमाले र माओवादीतर्फ र सिराहामा पूर्व माओवादीको कार्यकर्तामा असन्तुष्टि रहेको छ। असन्तुष्टिका बीच मंगलबार बिहान सिराहा र सप्तरी जिल्ला कमिटीका शपथग्रहण कार्याक्रम बर्दिवासमा राखिएको थियो।

‘अरु जिल्लामा बढी विवाद भएको कारण कम विवाद रहेको सप्तरी र सिराहाको शपथग्रहण गर्ने खोजिएको थियो। तर सबैतर्फबाट असन्तुष्टहरु भेला भए र कार्यक्रममा अवरोध गरे’, नेकपा महोत्तरीका सहइन्चार्ज प्रकाश पोखरेलले नेपालखबरसँग कुरा गर्दै भने, ‘प्रदेश कमिटीका अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुेरलमाथि हातपातको कोसिस भयो । त्यसैक्रम प्रहरीसँग धक्कामुक्की हुँदा एक जना साथीको टाउको चोट लागेको छ।’

उनले शपथग्रहण कार्यक्रममा नै प्रशिक्षण चलाउन योजना बनाएको र केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महसचिव विष्णु पौडेल आउने भनिएको भए पनि विवाद समधान नभएपछि नआएको बताए।

आठ जिल्ला रहेको प्रदेश नम्बर २ का पूर्व एमालतर्फ सिराहा, सर्लाही र बारा बाहेक अन्य स्थानमा जिल्ला कमिटीका चयनमा असन्तुष्टि रहेको छ। त्यसैगरी माओवादीतर्फ सबै जिल्लामा असन्तुष्टि रहेको एक केन्द्रीय सदस्यले बताए। यसअघि पनि पटक पटक विवाद समाधान गर्नका लागि बैठकहरु भएपनि प्रदेश नम्बर २ मा कमिटी गठनमा सहमति बन्न सकेको छैन। जिल्ला, प्रदेश हुँदै केन्द्रमा समेत प्रदेश नम्बर २ को विवादको बारेमा सहमति खोज्ने प्रयास भएपनि सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .