ad ad

समाज


रेडियो नेपालमा पत्रकार महासंघले टाँग्यो कालो ब्यानर

रेडियो नेपालमा पत्रकार महासंघले टाँग्यो कालो ब्यानर

नेपालखबर
भदौ २४, २०७६ मंगलबार १०:८,

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तथा वृद्धि भएको न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयन र रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित तीन जना श्रमजीवी पत्रकारको सेवा निरन्रताका लागि आजदेखि रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आन्दोलन सुरु गरेको छ।

वार्ता र संवादबाट समस्या समाधानमा रेडियो नेपाल ब्यवस्थापनले चासो नदिएपछि महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले आन्दोलन थालेको हो।

आन्दोलनको पहिलो दिन रेडियो नेपाल परिसरमा आधा घण्टा धर्ना दिनुका साथै श्रमजीवी पत्रकार ऐन लागू गर, न्यूनतम पारिश्रमिक लागू गर र दिपायल प्रसारण केन्द्रबाट निष्काशित तीन जना श्रमजीवी पत्रकारको सेवालाई निरन्तरता देऊ लेखिएको कालो ब्यानर टांसिएको छ।

महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरुले देशको केन्द्रिय प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको रेडियो नेपालमा धर्नाका साथै केहीबेर नाराबाजी समेत गरेका थिए।

धर्नालाई सम्बोधन गर्दै सचिव दाहालले रेडियो नेपाल ब्यवस्थापनले महासंघको आग्रह नसुनेर आन्दोलन निम्त्याएको भन्दै अझै माग सम्बोधन नभए तालाबन्दीसहितका कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिए। सरकारी संचारमाध्यमको व्यवस्थापनले श्रमजीवी पत्रकार ऐन नमान्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने र श्रम शोषण गर्ने परिस्थितिको अन्त्य गर्न रेडियो नेपालमा आन्दोलन गरिएको बताए।

1 15

नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी, क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुसाल, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाँल लगायतले माग सम्बोधन गर्न रेडियो नेपालसँग माग गरेँ।

रेडियो नेपालले श्रमजीवी पत्रकार ऐन तथा गत कात्तिक १ गतेदेखि लागू भएको न्यूनतम पारिश्रमिक उपलब्ध गराएको छैन भने महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई बिना कारण निष्कासन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .