ad ad

समाज


पहिरोले ताप्लेजुङमा तीन दिनदेखि सडक अवरुद्ध

पहिरोले ताप्लेजुङमा तीन दिनदेखि सडक अवरुद्ध

नेपालखबर
असार ३, २०७६ मंगलबार ४:३४,

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ।

सडक अबरुद्ध हुँदा हजारौँ यात्रु समस्यामा परेका छन्। सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो।

पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिए। सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारीसाधन सिनामसम्म मात्रै पुग्न थालेका छन्।

ताप्लेजुङबाट बाहिरिने सवारीसाधनसमेत सिनामबाटै फर्किने गरेका छन्। आम्बेगुदिनको हप्पुखोला, सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा सवारीसाधन जान नसकेपछि यात्रुलाई गाडी भेट्न घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता छ।

तेल्लोकबाट सिनाम आइपुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ भने हप्पुखोलाबाट डेढ घण्टा लाग्छ। साविकका याम्फुदिन, मामाङ्खे, खेवाङ गाविसबाट गाडी चढ्न आउने यात्रुलाई भने झनै समस्या भएको छ।

सधैँ घरबाट हिँडेकै दिन गाडी चढ्न पाउने गरे पनि अहिले सिनामसम्म आउनुपर्दा गाडी भेट्न मुस्किल हुने र एक दिन सिनाममा नै बास बसेर भोलिपल्ट मात्रै गाडी छुट्ने गरेको स्थानीयवासीले बताएका छन् । तीनदेखि बाटो अवरुद्ध बने पनि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भने कतैबाट भएको छैन।

गत वर्ष सोही ठाउँमा पहिरो झर्दा सडक अबरुद्ध भएको थियो। गत वर्ष पहिरो पन्छाउन झण्डै पाँच लाख बढी खर्च भएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ।

दिनहुँजसो ठूलो वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या हुँदै आएको छ। अझै पनि पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए।

‘वर्षा कम भएपछि पहिरो पन्छाउन प्रयास गर्ने छौँ,’ गुरुङले भने, ‘तर ठूलो पहिरो झरेकाले तत्काल बाटो खुल्ने सम्भावना कम छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .