ad ad

समाज


संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली, गुठी विधेयक स्थगन गर्ने सम्भावना

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली, गुठी विधेयक स्थगन गर्ने सम्भावना

नेपालखबर
असार ३, २०७६ मंगलबार ४:५७,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(मंगलबार) संसदमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अहिले बिहान ११ बजे ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका हुन्।

‘प्रधानमन्त्रीज्यू भर्खरै युरोप भ्रमण गरेर फर्कनुभएको छ,’ नेपालखबरसँग प्रेस संयोजक अधिकारीले भने, ‘एउटा विषय त्यही भइहाल्यो, अन्य समसामयिक विषयमा पनि उहाँले आफ्नो धारणा राख्नुहुनेछ।’

स्रोतका अनुसार गुठी विधेयकका विषयमा भइरहेको आन्दोलन, लोकसेवा आयोगको विज्ञापनलगायत विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका छन्।

गुठीसम्बन्धी विधेयक तत्कालका लागि स्थगन गर्ने मनस्थितिमा प्रधानमन्त्री रहेको स्रोतको दाबी छ।

युरोप भ्रमणबाट फर्किएलगत्तै आइतबार प्रधानमन्त्री ओलीले विधेयक सच्याउने आश्वासन दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .