ad ad

समाज


एपीएफ टोलीद्वारा चोरीपैठारीका सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीका सामान बरामद

नेपालखबर
असोज १४, २०७६ मंगलबार १५:२८,

सशस्त्र प्रहरी बल (एपीएफ) ले पर्साका विभिन्न स्थानबाट लाखौँ रुपैयाँ मूल्य बराबरका चोरी पैठारीका सामान बरामद गरेको छ।

पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट मंगलबार एपीएफ टोलीले करीव तीन लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ६७ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ। रौतहट जिल्लाको गौरबाट चपुरतर्फ जाँदै गरेको ना ३ ख ९८२४ नम्बरको यात्रुवाहक बसमा लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बसपार्क ईलाकाबाट बरामद गरेको हो।

एपीएफ टोलीले बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ।

यसैगरी पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ३ स्थित कुस्माबाट असोज १४ गते एपीएफ टोलीले एक लाख ४३ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोे सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .