चितवनको इच्छाकामना मन्दिर नजिकै आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
दुर्घटनामा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन। रासस
54
Shares
प्रतिक्रिया