ad ad

समाज


प्रेस युनियन कर्णालीको अधिवेशनमा माइक खोसाखोस, हानाहान (भिडिओसहित)

प्रेस युनियन कर्णालीको अधिवेशनमा माइक खोसाखोस, हानाहान (भिडिओसहित)

नेपालखबर
पुस २१, २०७९ बिहिबार १२:६, सुर्खेत

नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनका क्रममा विवाद भएको छ। अधिवेशनमा संस्थापन पक्ष र इतर पक्षबीच पार्षदलाई लिएर विवाद सिर्जना भएको हो।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषयलाई लिएर दुई पक्षबची लफडा भएको हो।
 

अधिवेशन उद्घाटन गर्दै डा. मिनेन्द्र रिजाल

इत्तर पक्षधरका पार्षदहरु धेरै राखिएको आरोप संस्थापनकव छ। आफ्नो पक्षका पार्षदहरुको नाम काटिएको भन्दै संस्थापनले विरोध गरेको हो।

अधिवेशनमा सहभागी एक पत्रकारले यही विषयमा लिएर दुई पक्षधरबीच माइक खोसाखोस भएको बताए। उनले भने, ‘विवादका क्रममा हुम्लाका एक प्रतिनिधिले भने माइक नै चुडाइँ दिएका छन्।’

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायत सहभागिता थियो। उनीहरुकै अगाडि दुईपक्षबीच तानातान भएको हो।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .