हुम्लामा घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन्।
हुम्लाको सर्केगाड गाउँपालिका ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरीमा रहेको पुदाले चौरको भिरमा शव फेला परेको हो।
उनको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको अनुमान छ।
आफन्तले उनलाई सोमबार दिउँसो मृतावस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रनाउ खनालले बताए। रासस
39
Shares
प्रतिक्रिया