निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेको छ।
भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा पहिरो खस्दा अरुण नदीको बहाव थुनिएको हो।
आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ। अरुण थुनिँदा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको छ।
निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि अहिले निर्माण पक्षले ड्यामसाइडबाट नदीको पानी खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए।
पहिरो लगातार झरिरहकाले नियमित मार्गबाट नदीको बहाव खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए।
नदी थुनिए पनि अवस्था खतरापूर्ण नरहेको प्रहरीले जनाएको छ। अहिले प्रहरीको टोली पनि घटनास्थलमा पुगिसकेको छ।
108
Shares
प्रतिक्रिया