ad ad

समाज


चतराको पुलमा कार छाडेर डाक्टर बेपत्ता, खोज्न गोताखोर परिचालन

चतराको पुलमा कार छाडेर डाक्टर बेपत्ता, खोज्न गोताखोर परिचालन

नेपालखबर
भदौ ११, २०८० सोमबार १५:३०, काठमाडौँ

सुनसरी र उदयपुर जोड्ने सप्तकोशी नदीको चतराघाटस्थित पुलमा कार छाडेर एकजना डाक्टर बेपत्ता भएका छन्।

कोशी पुलको उदयपुरखण्डतर्फ आफ्नो कार छाडेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा. प्रज्वल कोइराला बेपत्ता भएका हुन्। 

झापाको दमक नगरपालिका-१ घर भएका ३८ वर्षीय कोइराला कोशीको पुलबाट बेपत्ता भएपछि अहिले खोजीकार्य तीव्र पारिएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिनन्दन चौधरीले प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर कोइराला बेपत्ता भएको बताए। 

कोइराला बेपत्ता भएपछि अहिले कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको चौधरीले बताए। 

स्थानीयले कार बेवारिसे अवस्थामा भेट्टाएपछि सोमबार सबेरै बिहान प्रहरीलाई खबर गरेका थिए। 

कोइराला सोमबार सबेरै बिहान २ बजे कोशीको पुलमा आएको सीसी टिभि फुजेटमा देखिएको प्रहरीले जनाएको छ। 

अहिले उनको खोजीका लागि सुनसरीबाट सशस्त्र प्रहरीको गोताखोरको टोली आएको छ। 

त्यस्तै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा अर्को टोली पनि परिचालित भएको चौधरीले बताए।

गोताखोरसहितको टोलीले खोजी गर्दा पनि डाक्टर कोइरालाको अवस्था पत्ता लाग्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .