ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
गएराति बोलेरो सडकबाट खस्दा चालक फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए।
ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा गाडीले नै चालकलाई किचेको प्रहरीले जनाएको छ।
57
Shares
प्रतिक्रिया