दाङको घोराहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मामा भान्जाको मृत्यु भएको ।
शुक्रबार राति रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिँदा दुई किशोर (नातामा मामा भान्जा)को मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका – ६ लुङका १८ बर्षीय सागर केसीको टीपरको ठक्करबाट मृत्यु भएको हो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुई किशोर नातामा मामा(भान्जा रहेको खुलेको एसपी केसीले जानकारी दिए।
टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका – ९ का २६ वर्षीय इश्वर बुढालाई प्रहरीले पक्राउ गरेको छ।
78
Shares
प्रतिक्रिया