सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
कौडेना गाउँपालिका २ स्थित हुलाकी सडकमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीकै गोडैता नगरपालिका ७ का ३२ वर्षीय राकेश राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गएराति ८ बजेतिर कौडेना २ स्थित फुलपरासीमा तीव्र गतिमा रहेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका राउतलाई उपचारको लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको ठक्करबाट साइकलमा सवार भारतीय नागरिक ४७ वर्षीय रामसिरिस राय घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
2.4k
Shares
प्रतिक्रिया