सर्लाहीको हरिवनमा नेपाल सेवा निवृत्त शिक्षक समाजको नगर समिति निर्माण भएको छ।
बिहीबार हरिवन नगपालिका-८ स्थित महादेव जनता माविमा भएको समाजको प्रथम नगर अधिवेशनले जयशंकर सिंहको अध्यक्षतामा नौ सदस्यीय नगर समिति गठन गरेको हो। अध्यक्ष चयन भएका सिंह मजमाविकै पूर्व प्रधानाध्यापक हुन्।
समाजको उपाध्यक्षमा रामप्रसाद बराल, सचिव माधव थापा, कोषाध्यक्ष हिराबहादुर लामा, महिला सदस्य बबिता थापा, सदस्यहरु प्रेमकुमार थापा, महेश्वर ठाकुर, कालीदास कोइराला, र चित्रप्रसाद भट्टराई चयन भएका छन्।
हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। समाजले नगरका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि रचनात्मक क्रियाकला सञ्चालन गर्ने अध्यक्ष सिंहले बताए।
57
Shares
प्रतिक्रिया