सर्लाहीको हरिवनका दुईजना एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिदिएको छ।
हरिवन नगरपालिका- ५ घुर्कौलीका अतिविपन्न एकल महिलाद्वय सीतादेवी महतो र बिबिना वाइवाको घर वडा कार्यालयले निर्माण गरिदिएको हो।
जस्तापाताले छाएको अर्धपक्की घर शनिबार एक कार्यक्रमकाबीच सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। ।
कार्यक्रममा मधेस सरकारकी उर्जा, सिँचाई तथा खानेपानीमन्त्री बेची लुंगेलीले महतो र वाइवालाई घरको साँचो हस्तान्तरण गरिन्।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), वडाध्यक्ष नागेन्द्र साह, नेकपा एकीकृत समाजवादीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालिका ६ का वडाध्यक्ष सन्तलाल घिसिङ लगायत उपस्थित थिए।
वडा कार्यालयले ९ लाख रुपैयाँ खर्चिएर दुईवटा घर निर्माण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको हो।
12
Shares
प्रतिक्रिया