असोज ३ गतेबाट प्रदर्शन हुने फिल्म ‘खुस्मा’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य धिरज मगर तथा उपसना सिंह ठकुरी फिचर्ड छन्।
एक पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ। दोसो पोस्टरमा उपासनालाई मात्र देख्न सकिन्छ। पोस्टरमा उपासनाले खस्टो ओडेकी छन्।
मगर समुदायको पृष्ठभूमिमा बनेको फिल्ममा अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको छ। यस फिल्मले प्रेमकथा पेस गर्ने निर्देशक थापाको भनाइ छ।
उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो। डकुमेन्ट्रीबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन्।
यो फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो। फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई लगायतको अभिनय रहेको छ।
विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। दिपक बज्राचार्यको छायांकन रहेको फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ।
Shares
प्रतिक्रिया