बारामा तीन दिनदेखि बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ।
गएको शनिबार दिउँसोदेखि बेपत्ता भएकी निजगढ नगरपालिका- १३ बेसीगाउँकी ४० वर्षीया माईलीमाया वाईबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
वाइबाको बाढीले बगाएर मृत्यु भएको दाबी प्रहरीले गरेको छ।
शनिबार दिउँसो गोठालो गएको बेलादेखि उनी बेपत्ता थिइन्। उनको शव गाउँकै भक्तलाल खोलाको बगरमा फेला परेको हो।
शनिबारदेखि सम्पर्कविहीन बनेकी वाईवाको शव खोलाको बगरमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
33
Shares
प्रतिक्रिया