ad ad

खेल


पत्रकार तिमल्सिनामाथि गणेश थापा र उनका छोराद्वारा दुर्व्यवहार

पत्रकार तिमल्सिनामाथि गणेश थापा र उनका छोराद्वारा दुर्व्यवहार

नेपालखबर
साउन २, २०७७ शुक्रबार ९:४९,

नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि भएको अभद्र व्यवहार प्रति मञ्चले ध्यानाकषर्ण भएको जनाएको छ।

पत्रकार तिमल्सिनाले समाचार संकलनका क्रममा बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई टेलिफोन गरेर जानकारी लिदा थापासहित उनका छोरा अभिषेकले गालीगलौच गर्दै अभद्र व्यवहार गरेका थिए। त्यसपश्चात उनका छोरा थापा कार्यालय परिसरमा नै गएर वादविवाद गरेका थिए।

मञ्चले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र ब्यवहारको जति निन्दा गरेपनि पुग्दैन। मञ्च आफ्ना सदस्यप्रति गरिएको यस अभद्र ब्यवहारको घोर भत्र्सना र निन्दा गर्दछ। अहिलेको विषम परिस्थतिमा आफ्ना सम्पूर्ण सदस्यहरुको भौतिक सुरक्षा प्रति यस घटनाले मञ्चको गम्भिर ध्यानकर्षण गराएको छ।’

यस घटना प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता माथिको प्रहार भएको हुँदा मुक दर्शक भएर बस्न नसकिने विज्ञप्तीमा उल्लेख गरिएको छ। साथै सरकारसँग सम्पूर्ण खेलकुद पत्रकारहरुको सुरक्षा प्रत्याभूति गर्न माग गरेको छ।

मञ्चले यस धटनाप्रति नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराएको छ।

यसैबीच थापाले फेसबुकमार्फत मञ्चको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन। पत्रकार तिमल्सिनाले उक्साएपछि उक्त घटना भएको उनको भनाई छ।

घटना के थियो?

तिमल्सिनाका अनुसार बिहीबार एन्फाबाट अवकाश पाएकामध्येका एक सहायक कुक शंकरनिधि पाण्डेले लामो समय एन्फाको तलब बुझेर थापाको घरमा काम गरेको सुचना पाएपछि त्यसकै पुष्टि गर्न थापालाई फोन गरेका थिए। 

तर उल्टै थापाले तथानाम गालीगलौच गर्नुका साथै उनका छोरा अभिशेकले पनि कार्यालय परिसरमै आएर दुर्व्यवहार गरेका हुन्। 

थापाको घरमा काम गर्ने पाण्डे पछिल्लो नेतृत्व परिवर्तन (२०७५ वैशाख)पछि मात्रै एन्फामा हाजिर हुन थालेको हाम्रो खेलकुदको समाचारमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .