ad ad

खेल


बालुन डि’ओर पावर र्‍यांकिङमा मेस्सी अग्र स्थानमा उक्लिए, को कति नम्बरमा?

बालुन डि’ओर पावर र्‍यांकिङमा मेस्सी अग्र स्थानमा उक्लिए, को कति नम्बरमा?

मेस्सी


नेपालखबर
असार २३, २०७८ बुधबार १६:२,

सन् २०२० को बालुन डि’ओर अवार्ड कार्यक्रम कोरोना भाइरसका कारण रद्द भएको थियो।

यसपटक भने कोरोना प्रकोप बिस्तारै नियन्त्रणमा आइरहेको छ। विश्वभर फुटबलका लिगहरु पनि संचालनमा आइसकेका छन्।

त्यसकारण फेरि फुटबल क्षेत्रको व्यक्तिगत उत्कृष्ट अवार्ड बालुन डि’ओर यसपटक कसले जित्छ भनेर चर्चा सुरुवात भएको छ।

गत सिजन समाप्त भइसकेर नयाँ सिजन सुरुवात हुन लागेको छ। यसबीचमा युरोकप फुटबल प्रतियोगिता र कोपा अमेरिका फुटबल जारी छ।

यी सबै खेल प्रतियोगिताको प्रदर्शनको आधारमा गोल डटकमले बालुन डि’ओर पावर र्‍यांक सार्वजनिक गरेको छ।

सो सूचीमा अर्जेन्टिना र बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सी शीर्ष स्थानमा अटाएका छन्।

सन् २०१९ मा अन्तिमपटक पनि मेस्सीले कीर्तिमानी छैठौंपटक बालुन डि’ओर अवार्ड हात पारेका थिए। 

यतिबेला क्लब र देशका लागि उत्कृष्ट खेल प्रदर्शन गर्ने मेस्सीले नै सातौंपटक बालुन डि’ओर जित्ने सम्भावना बढेको गोल डटकमको अनुमान छ। 

यी हुन् पावर र्‍यांकिङमा अटाएका खेलाडी

१. मेस्सीः कोपा अमेरिका खेल हुन अगाडि मेस्सी यस पावर र्‍यांकमा ५ औं स्थानमा थिए। तर कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेकै कारण मेस्सी शीर्ष स्थानमा पुगेका हुन्। मेस्सीले गत सिजन बार्सिलोनाबाट ला लिगामा सर्वाधिक ३३ गोल गरेका थिए, उनले १३ असिस्ट दिँदा कोपा डेल रे उपाधि हात पारे। ला लिगमा भने मेस्सीको टोली बार्सा तेस्रो स्थानमा रह्यो। सर्वाधिक गोल गरेकै कारण उनले पीचीची अवार्ड पाउनेछन्। 

उता कोपा अमेरिकामा मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिना फाइनल प्रवेश गरिसकेको छ। मेस्सीले ६ खेलमा ४ गोल र ५ असिस्ट गरेका छन्। उनी यस प्रतियोगिताको पनि सर्वाधिक गोलकर्ता हुन्। अर्जेन्टिनाले आइतबार ब्राजिललाई कोपाको फाइनलमा जिते मेस्सी बालुन डि’ओरका सबैभन्दा बलियो दाबेदार हुनेछन्।

२. रोवर्ट लिवानडोस्कीः पोल्यान्डका लिवानडोस्कीले गत सिजन बायर्न म्युनिखका लागि ४१ गोल गर्दा बुन्डेस लिगा र क्लब विश्वकप जिते। उनले युइएफए गोल्डेन बुट पाउने निश्चित हुँदा युरोकपमा भने सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। उनको टोली समूह चरणबाटै बाहिरियो। यद्यपी उनले युरोकपमा ३ गोल गरे। सबै खेलको प्रदर्शन हेर्दा उनी मेस्सीपछि दोस्रो बालुन डि’ओर अवार्ड दाबेदार हुन्।

३. एन्गोलो कान्टेः चेल्सी र फ्रान्सका स्टार मिडफिल्डर एन्गोलो कान्टेले गत सिजन च्याम्पियन्स लिग जितेका थिए। उनी च्याम्पियन्स लिगको सेमिफाइनलको दुवै लेगमा म्यान अफ द म्याच भएका थिए, साथै उनी फाइनलमा पनि म्यान अफ द म्याच बनेका थिए। तर युरोकपमा उनको टोली फ्रान्स अन्तिम १६ मै स्वीजरल्यान्डसँग पराजित भयो।

-गोल डटकमले बेल्जियम तथा इन्टर मिलानका रोमेलु लुकाकुलाई चौथो नम्बरमा राखेको छ, पाँचौ स्थानमा फ्रान्स र पीएसजी क्लबका केलिएन एमबाप्पे, छैठौंमा बेल्जियम तथा म्यानचेस्टर सिटीका केभिन डि ब्रुन, सातौं नम्बरमा क्रिस्टियानो रोनाल्डो तथा १० औं नम्बरमा नेमार जुनियर परेका छन्। गोल डटकम
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .