ad ad

खेल


टी-१० लिग: पारसको डेब्यू खेलमा आबुधाबीको बराबरी

टी-१० लिग: पारसको डेब्यू खेलमा आबुधाबीको बराबरी

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १६:५९,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले डेब्यू गरेको खेलमा उनको टोली आबुधाबी शुक्रबार राति भएको पहिलो खेलमा बराबरी गरेको छ।

टि-१० लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शेख जयाद स्टेडियममा सम्पन्न खेलमा पारसको टोली आबुधाबी र कलन्दर्शबीचको खेल बराबरीमा भएको हो।

आधुधाबीले बनाएको १ सय ३ रन नै कलन्दर्शले बनायो। कलदर्शले ७ विकेट बाँकी हुँदा पनि लक्ष्य भेट्टाउन सकेन। कलन्दर्शले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर १ सय ३ रन जोड्यो।कलन्दर्शका कप्तान डेविड मिलानले ३३, लुकी रान्चीले २३ तथा फिल साल्टले २२ रन जोडे।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पारसको टोली आबुधाबीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १ सय ३ रन जोडेको थियो।

उसका कोरी एन्डरसनले २२ बलमा ३ छक्का र ३ चौकासहित ४३ रन जोडे। यस्तै लुकी रुइटले २० रन जोडे। पारस ३ बलमा ३ रन जोड्दै नटआउट रहे।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व छाडे लगत्तै पारसलाई टि-१० लिग खेल्ने मौका मिलेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .