ad ad

खेल


यु १९ क्रिकेट: नेपाल फराकिलो अन्तरले पराजित

यु १९ क्रिकेट: नेपाल फराकिलो अन्तरले पराजित

नेपालखबर
मंसिर १, २०७६ आइतबार १२:४,

भारतमा आइतबार सम्पन्न यू-१९ च्यालेन्जर्स कप एक दिवसीय क्रिकेट शृंखलामा अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाली युवा टोली भारतको ‘सी’ टोलीसँग १ सय ५५ रनको फराकिलो अन्तरले पराजित भएको छ।

योसँगै लिग चरणमा भएका सबै खेलमा पराजय भोगेको नेपाली टोली अंक तालिकाको पुछारमा छ। २ खेलमा हार र १ मा जित हात पारेको भारतको सी टोली भने तालिकाको तेस्रो स्थानमा छ। लिग चरणको पहिलो खेलमा नेपाल भारत सी सँग १० विकेटले हारेको थियो। त्योसँगै भारत ए सँग १ सय ७ रन र भारत बी सँग २ विकेटले पराजित भएको थियो।

आईतबार भएको खेलमा भारत ‘सी’ ले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य पछ्याएको नेपालले ३२.५ ओभरमा सवै विकेट गुमाएर १ सय ३ रनमात्रै जोड्न सक्यो। नेपालका कप्तान रित गौतम र विशाल विक्रम केसीले खातै खोल्न सकेनन्। 

खडक बहादुर बोहरा र कुशल मल्लले समान २६-२६, तृतराज दाशले १९, शेर मल्लले ९, विवेक कुमार यादव र लोकेश बलमे समान ६ रन जोडे। भारत सी का लागि कप्तान शुभांग सामर्थले ३, रवि रोशन, प्रदोश रञ्जन पल र विद्यादर पटेलले समान २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारत सी ले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो। उसका ब्रिकान्त सिंह भदेरियाले ४९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे।

त्यस्तै सौरभ कुमार डागरले ६० बलमा २ चौका र ३ छक्का सहित ५८ र कप्तान शुभांग समर्थ हेगडे ३६ रनमा रनमा नटआउट रहे। छैटौ ओभरको पहिलो बलमा ओपनर अर्जुन ए अजादलाई विवेक कुमार यादवले १९ रनमा क्याच आउट गराएका थिए।  

त्यस्तै अर्यान सिट्टीलाई कुशल मल्लले सागर ढकालबाट ३१ रनमा क्याच आउट गराए। उनले ४९ बलमा ४ चौका प्रहार गरे। प्रदोस रञ्जन पल १४, श्रवात रावत १७ र कुमार के कुशग्रा २७ रनमा क्याच आउट भए । नेपालका लागि स्पिनर सागर ढकालले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए। कुशल मल्ल २ र विवेक कुमार यादवले १ विकेट हात पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .