रियल मड्रिडविरुद्ध २-० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले खेल बराबरीमा टुंग्गाएको छ।
करिम बेन्जमाले रियलका लागि दुवै गोल गरेका थिए। तर पीएसजीका लागि केलियम एम्बाप्पलेले पहिलो गोलसँगै पाब्लो साराबियाले बराबरी गोल फर्काए। इडन हाजार्डले भने एंकल इञ्जुरीका कारण मैदान छाडेका थिए।
उनका स्थानमा मैदानमा आएका ग्यारेथ बेलले इञ्जुरी समयमा गरेको प्रहार पोस्टमा लाग्दै फर्किएपछि रियल जितबाट पछि रह्यो। यसअघि नै दुवै टोली अन्तिम १६ मा पुगिसकेका छन्। क्लब ब्रुगिसले गलातासारेसँग १-१ गोलको बराबरी खेलेपछि रियल समेत अघिल्लो चरण प्रवेश गरेको हो।
पीएसजी त्यसअघि नै अन्तिम १६ मा पुगिसकेको थियो। योसँगै फ्रेन्च च्याम्पियन पीएसजी समूह एको शीर्षमा रहदै नकआउट चरणमा पुग्यो। उसले ५ खेलबाट १३ अंक जोड्यो। दोस्रो स्थानको रियलको ८ अंक रह्यो
Shares
प्रतिक्रिया