ad ad

खेल


नेपालमा पहिलोपटक महिला ओपन गल्फ प्रतियोगिता शनिबार हुने

नेपालमा पहिलोपटक महिला ओपन गल्फ प्रतियोगिता शनिबार हुने

नेपालखबर
असार १६, २०७९ बिहिबार १५:४, काठमाडौँ

नेपालमा पहिलोपटक महिला ओपन गल्फ प्रतियोगिता शनिबार हुने भएको छ। रोयल नेपाल गल्फ क्लब त्रिभुवन इन्टरनेशन एयरपोर्टमा प्रतियोगिता हुने आयोजकले जनाएको छ। 

यसअनुसार प्रतियोगितामा ५० भन्दा धेरै खेलाडीले सहभागिता जनाउनेछन्। पोखरा, धरान र काठमाडौंका महिला गल्फर सहभागी हुने आयोजक समेत रहेकी खेलाडी प्रतिमा शेर्पाले बताइन्। 

प्रतियोगिता १८ होलमा हुने उपाध्यक्ष नरेन्द्र कुमार राईले जानकारी दिए। 

नौ विधामा प्रतियोगिता हुनेछ। सिनियरको १८ होलमा, जुनियरको ९ होलमा हुनेछ। यसमा ८–१६ उमेर समूहलाई जुनियर मानिनेछ। 

विजेताले राष्ट्रपतिको हातबाट स्कुटर पुरस्कार पाउनेछ।

महिलाले महिलालाई सशक्तीकरण गर्न सकियोस् भनेर प्रतियोगिता गर्न लागेको शेर्पाले बताइन्। यो प्रतियोगितामा गल्फरहरु रिता थापा, सपना प्रधान मल्ल लगायतले खेल्नेछन्।  

प्रतियोगितालाई विभिन्न संघ संस्थाले साथ दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .