दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीको मद्दतमा एक्सपर्ट धनगढी ब्लुजले पोखरा प्रिमियर लिगको जारी खेलमा बुटवल ब्लास्टरलाई १ सय ४१ रनको लक्ष्य दिएको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको धनगढीले अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर १ सय ४० रन जोड्यो।
कप्तान दीपेन्द्रले ४५ बलमा ६१ रनको अर्धशतकीय पारी खेल्दै धनगढीलाई सो स्कोरमा पुर्याएका हुन्। उनले ६ चौका र २ छक्का प्रहार गरे।
यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र
दीपेन्द्रले सन्दीप जोरासँग चौथो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। सन्दीपले ३२ बलमा ४ चौका र एक छक्कासहित ३९ रन जोडे।
यस्तै धनगढीका सौरभ खनालले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। सुबेन्दु पाण्डे १, रोड्रिगो थोमस ५, दीपक पुनिया ४ अनि अमित पुनियाले ७ रनमा आउट भए।
बुटवलका अविनाश बोहराले ४ विकेट लिए। उनले ३.५ ओभरमा २६ रनमात्रै खर्चे। यस्तै ललितसिंह भण्डारीले ३ र सोमपाल कामीले १ विकेट लिए।
प्रतिक्रिया